विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना लिम्बुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सुदापको च्यात्लुङमा प्रगगि कृषि समूहले सिंचाईको लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कविन्द्र काकीले जानकारी दिए । उनका अनुसार बालिकाहरूलाई मृत अवस्थामा शनिबार साँझ फेला पारिएको थियो ।