नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

 न्यूज विराट
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी ३० मार्चमा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको संक्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुवेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो । चाइनिज ताइपेई अङ्कविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ ।

विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ । मुख्य  प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिए ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएका हुन् । रासस 

सम्बन्धित समाचार

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

एलपी ग्याँस विक्रेता संघ मोरङको १५ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न

विराटनगर । एलपी ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपी ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...

नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

जनकपुर, २८ वैशाख-रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । वीरगञ्जको लिंकरोडस्थित एफएम स्टेसनकै प्रवेशद्वारबाट आज दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो । एफएम स्टेसनको प्रवेशद्वार...

५ दिनसम्म मनाइने कान्तिभैरव जात्रा स्थगित

काठमाडौं, १० वैशाख-बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि ५ दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्