झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

 न्यूज विराट
झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा आज ज्यान गएको हो । उनको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे१च ६४९७ नम्बरको पिकअप भेन बिहान चक्का फुस्केर दुर्घटना भएको थियो । दुर्घटनामा परेर दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते भएको प्रनाउ पण्डितले जानकारी दिए । घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न भ्यान चालक दमक-६ का २० वर्षीय रोहन यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

राहत पर्खंँदै गन्धर्व बस्ती

तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...

लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ। नवलपरासी (बर्दघाट–सुस्ता...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्