लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

 न्यूज विराट
लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि विज्ञापन नगरेको लोक सेवा आयोगले विभिन्न पदमा नयाँ भर्नाका लागि विज्ञापन खुलाएको छ ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो । यसमध्ये १५३ जना भने जेष्ठताको आधारमा बढुवा हुनेछन् भने बाँकी पदहरुमा भने खुला तथा समावेशीको आधारमा पदपूर्ति गरिने लोक सेवा आयोगले उल्लेख गरेको छ ।

सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुलाइएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १  पदमा खुलातर्फ विज्ञापन खुलेको छ । विज्ञापन खुलाइएपनि परीक्षाको मिति भने पछि तोकिने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

आज बडादसैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ,  ७ कात्तिक-आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

डब्लुएचओले भन्यो : विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बन्यो

वासिङ्टन, ८ जेठ-विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सामान्यीकरण' को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राखेका छन् ।...

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने

मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल  (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता...

औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्