कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

 न्यूज विराट
कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको खोप छनोट र आयातका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गरेका हुन् ।

पूर्वप्रधानन्यायाधी सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमालगायत १० जनाले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर सरकारलाई कोभिड- १९ खोपका लागि पारदर्शी विधि अपनाउन आग्रह गरेका हुन् । कोभिड–१९ महामारीले सिर्जना गरेको संकट र निराशाबीच खोप विकास, परीक्षण र वितरणसम्मका समाचारले महामारीबाट मुक्ति पाउन सकिने आशा जागेको पनि उनीहरूले बताएका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले आफैँ भ्याक्सिन विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरीद, आयात र वितरणको विषय अहिले महत्वपूर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौँ ।’

सम्बन्धित समाचार

कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको...

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

काठमाडौं, ७ जेठ-बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मंगलबार बसेको बैठकले ११ चैतदेखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय...

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

आकस्मिक बाहेक सबै सेवा बन्द गर्न मेडिकल एसोसिएसनको आग्रह

विराटनगर, साउन १७–अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह गरेको छ । एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति...

आजदेखि प्रधानमन्त्री ओलीलाई तरल तथा नरम आहार

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

संविधान कार्यान्वयनको बाँकी काम छिट्टै पूरा हुन्छन् : उपराष्ट्रपति पुन

काठमाडौं, ३ असोज-उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्