नेकपा स्थायी समिति बैठक सर्‍यो

 न्यूज विराट
नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो ।

आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले पत्र पठाएका थिए । उनको पत्र पार्टी सचिवालय सदस्य इश्वर पोखरेलले पढेर सुनाएका थिए ।

पत्रमा ओलीले आफ्नो पूर्वमान्यताअनुसार नै प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने भएकाले बैठकमा आउन नसकेको उल्लेख गरेका थिए । आगामी स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक ५ पुसमा बस्नेसमेत जानकारी दिए । यसअघि केन्द्रीय समिति बैठक २५ मंसिरमा बोलाइएको थियो ।

सम्बन्धित समाचार

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ भदौ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको हो ।...

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...

उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै

काठमाडौं, २४ जेठ-कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र...

सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ, २९ वैशाख-दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्