एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो ।
योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा प्राप्त भएको छ । क्यालिफोर्नियाका बाहिरी मामिला मन्त्री एलेक्स प्याडिलाले बाइडेनको जित औपचारिक रुपमा प्रमाणीकरण गरेका हुन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा यस्तो औपचारिकतामा सामान्यतः जोड दिइँदैन तर यस यसपटक राष्ट्रपति ट्रम्पले हार स्वीकार नगरेका कारण यसलाई महत्वपूर्ण मानिएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनका यी गोप्य प्रणालीहरु समेत यसपटकको निर्वाचनमा प्रचारमा आएका छन् । ट्रम्पले अन्तिम परिणामअघि नै त्यसलाई उल्टाउन अनेक प्रकारका कानुनी कदमहरु चालेपछि यस्ता प्रक्रिया पनि प्रचारात्मक बनेका छन् । ३ नोभेम्बरमा भएको निर्वाचनमा क्यालिफोर्निया राज्यमा बाइडेनको स्पष्ट जीत देखिएको थियो ।
यसरी घोषणा गरिएका इलेक्टरले १४ डिसेम्बरमा संयुक्त बैठक गरी आगामी राष्ट्रपतिका रुपमा बाइडेनलाई औपचारिक रुपमा मतदान गर्नेछन् । त्यसपछि ६ जनवरीमा कंग्रेसले परिणामलाई औपचारिकता दिनेछ ।
ओहायो स्टेट युनिभर्सिटीका विधिशास्त्रका प्राध्याकि एडवर्ड बी.फोलेले बाइडेनलाई २७० भन्दा बढी इलेक्टोरल मत औपचारिक रुपमा प्राप्त हुनु उनको ह्वाइट हाउसको यात्रामा अर्को कदम भएको बताएका छन् ।