सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

 न्यूज विराट
सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको जोगबनीस्थित नेपाल क्षेत्रमा शनिवार अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

कोरोना भाईसरको संक्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँग रहेको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्न नाटकीय रुपमा सिमा शिललाई निरन्तरता दिएकाले अनिश्चितकाल धर्नामा बस्न बाध्य भएको सम्वाद समुहका संयोजक राजीव झाले बताए । भारतको जोगबनी र नेपालको विराटनगर भन्सारको ढाट क्षेत्रमा सुरु गरेको धर्नामा विभिन्न दलका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । स्थानीयले बन्द नाका खोल्न सरकारसँग माग गर्दै धर्ना दिएका हुन् ।

करिब नौ महिनादेखि नेपाल–भारत नाका बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको संयोजक झाले बताए । भारतसँगको सीमा नाका बन्द गरेर चिनँसँग जोडिएको नाका खोल्न सरकारले प्रयास सुरु गरेकाले आफुहरु धर्नामा उत्रिएको उनले बताए ।

‘परम्परा देखि रहेको बेटीरोटीको सम्बन्धलाई तोड्ने सरकारको प्रयास सफल हुन दिने छैनौँ । सरकारले सीमा क्षेत्रमा बसोवास गर्दे आएका नेपालीलाई भोकमरीको सिकार बनाउन लागेको छ । सीमा क्षेत्रका जनतालाई खान समस्या छ ।’ उनले भने,‘तर, सरकार समस्या समाधान गर्ने तर्फ भन्दा पनि सीमा व्यवस्थित गर्ने नाममा सँधैका लागि बन्द गर्ने योजनामा लागेको देखियो ।’

वैधानिक रूपमा सीमा नाका खुला नहुदा चोरबाटोबाट आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी तथा कालोबजारीको धन्दा मौलाएकाले आन्दोलान गर्न बाध्य भएको स्थानीय युवा मो. फैयाजले बताए ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि गत ११ चैतदेखि जारी गरेको बन्दाबन्दी यता नेपाल–भारत सीमानाका बन्द छ । संवाद समुहले प्रदेश १ का विभिन्न जिल्लासहित प्रदेश २ को महोत्तरी, वीरगञ्ज, पर्सा, बारा, सिरहा, पस्तरी, भैरहावा लगायतका नाकामा अनिश्चितकालिन धर्नामा बसिरहेको जनाएको छ

सम्बन्धित समाचार

मोरङ सहकारीमा न्यूरो सर्जरीको भरपर्दो उपचार

विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै...

२ जनाको आरडीटी पोजेटिभ देखिएपछि सप्तरीका २ स्थानीय तह शील

राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...

रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

मोटरसाईकल चोर समात्न मोरङ प्रहरीको अपरेसन, दुई भारतीयसहित ६ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटरसाईकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरीक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट...

ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्