नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

 न्यूज विराट
नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको बताए ।

भारतको पत्रिका द हिन्दू पत्रिकालाई दिएको अन्तर्वार्तामा जयशंकरले नेपाल र भारतको आफ्नै राजनीति भएका कारण समस्या पनि रहेको उल्लेख गर्दै उनले अब आपसी समस्याहरूको हल गरेर अघि बढ्ने बताए ।

‘एउटै घटनालाई मूल्याङ्कनको अन्तिम आधार मानिनु हुँदैन । समस्या नभएका संसारमा कुनै पनि छिमेकी हुँदैनन् । आज हाम्रा अधिकांश छिमेकी देशहरू लोकतान्त्रिक छन् । उनीहरूको आफ्नै राजनीति र हाम्रो आफ्नै राजनीति भएकाले समस्या छन्,’ उनले भनेका छन्, ‘यस्ता समस्या हल गर्न केही वर्षसम्म पनि लाग्न सक्छ । त्यसपछि समस्या समाधान हुँदै जाने हुन्छ ।’

द हिन्दुका लागि पत्रकार सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा जयशंकरलाई नेपालको संविधान जारी भएपछिदेखि सुरु भएको समस्या, नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएको र त्यसमा भारतको असहमति देखिए पनि पछिल्ला दिनमा भारतीय अधिकारीहरूले धमाधम नेपाल भ्रमण गरेको विषयमा प्रश्न गरेकी थिइन् ।

जसको उत्तरमा उनले समस्या अझै पनि हुन सक्ने र समस्या नभएका छिमेकी नहुने भन्दै पछिल्लो समयमा दुई देशबीचका मुद्दाहरूलाई समाधान गर्दै साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कम गर्न केन्द्रित हुनुपर्ने बताएका छन् । उनले नेपाल र भारतले पनि समस्या समाधान गरेर अघि बढ्ने निर्णय गरेको भन्दै यो दुवै देशको हितमा भएको बताए ।

भारतले गत नोभेम्बरमा जम्मु काश्मिर र लद्दाखलाई अलग केन्द्र शासित राज्यका रूपमा उल्लेख गर्दै नयाँ नक्सा जारी गर्दा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेपछि केही महिनाअघि मात्रै नेपालले यी क्षेत्र समेटेर आफ्नो नक्सा जारी गरेको थियो ।

नेपाल र भारत दुवै देशले एक अर्काका नक्सालाई अस्वीकार गर्दै आफ्नो नक्सा जारी गरेपछि समस्या देखिएको थियो । नेपालले तत्काल वार्तामार्फत समस्या समाधान गर्न चाहे पनि भारतले कोभिडको महामारी भन्दै वार्ता गर्न नमानेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । तर पछिल्ला दुई महिनायता रअ प्रमुख सामन्तकुमार गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र विदेशसचिव हर्षवद्र्धन शृङ्गलाले नेपाल भ्रमण गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला

काठमाडौं, ३१ जेठ-नेपाली कांग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले राष्ट्रियताका सवालमा नेपाल सधैँ एक हुने बताएका छन् । उनले नेपालको संविधानको दोस्रो संशोधनमा दफावार छलफलको क्रममा यस्तो बताउँदै संशोधनको पक्षमा कांग्रेस उभिने बताएका हुन् ।...

आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...

प्रदेश २ मा पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...

विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको...

पूर्वमन्त्री पण्डितको निर्वाचन क्षेत्रमा करोडौंको लगानीमा खानेपानी आयोजना बन्दै

विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...

ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मां ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी...

संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्