उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

 न्यूज विराट
उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ मंसिर-काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन् । आज काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज ९ हजार ९ सय ११ को पीसीआर गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

आज १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार २९ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

सम्बन्धित समाचार

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

सरकारले सच्यायो सार्वजनिक बिदा, इदको बिदा भोलि

काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...

सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु...

सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द गर्न शिक्षक महासंघको चेतावनी

विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ । पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्