भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

 न्यूज विराट
भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उनले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षौँदेखि सम्बन्ध झन् प्रगाढ हुने बताए ।

भूकम्पले क्षति पुर्‍याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताए । उनले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भने, ‘नेपाली विश्वभरि साहसीका रूपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण सुरुवात गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।’

भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा महालक्ष्मी माध्यमिक विद्यालय, रत्नलक्ष्मी माध्यमिक विद्यालय र तारा माध्यमिक विद्यालय छेवेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । तीनै नवनिर्मित विद्यालय भवनको महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बीच विदेश सचिव शृङ्गलाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङलगायतले भारतको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि सहभागिता थियो ।

भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।  सोअनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको  आर्थिक  सहयोगमा सन् २०१८ मार्च महिनादेखि  युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

सो परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्धति  विकास केन्द्र  र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत  जिल्लाका गोरखा र पालुङटार   नगरपालिका  तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक र शहीद लखनसहित  ६ गाउँपालिकाका  ४२ वडामा  सञ्चालन भइरहेको छ ।

परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिए । रासस 

सम्बन्धित समाचार

सेनाको पृतना दिपायलबाट कैलाली सर्‍यो

कैलाली, ३० वैशाख-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन

विराटनगर । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन भएको छ । खोटाङ सेवा सामाजिक मञ्चले आयोजना गरेको कार्यक्रममा सो कविता सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा...

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता...

विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ । कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।...

प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार...

सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर, जेठ १५-प्रदेश १ मा  बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, ३ जेठ-नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्