म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

 न्यूज विराट
म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

एजेन्सी, ११ मंसिर-विश्व फुटबलका महान हस्ती पेलेले अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको निधनप्रति भावुक श्रद्धान्जलि व्यक्त गरेका छन् । ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले श्रद्धान्जलि व्यक्त गर्दै भनेका छन्, ‘एक दिन आकाशमा कतै म्याराडोनासँग फुटबल खेल्नेछु ।’

म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भएको हो । पेलेले ट्विट गर्दै म्याराडोनाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले लेखेका छने, ‘मैले एक राम्रो साथी र संसारले एक महान् खेलाडी गुमाएको छ । मलाई धेरै भन्न मन लागेको छ । तर यति भन्छु कि उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । आशा छ एक दिन आकाशमा कतै हामी सँगै फुटबल खेल्न पाउनेछौं ।’

पेले र म्याराडोना एक अर्काको खेलका प्रशंसक थिए । दुई महान खेलाडीबीच उमेरमा २ दशकको अन्तर रहेपनि उनीहरु असल साथी थिए । फुटबललाई चर्चित र लोकप्रिय खेलका रुपमा स्थापित गर्नका लागि दुवैको योगदानलाई महत्वपूर्ण मानिन्छ । तर दुवैले त्यसको श्रेय एक अर्कालाई दिने गर्दथे ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

विराटनगर, ६ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...

नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक, अविश्वासको प्रस्तावमाथि छलफल हुने

नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले जानकारी दिइन् । भुसालका अनुसार दिउँसो १ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्