पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा दुई÷दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक, र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, विर्तामोड र दमकमा २६÷२६, कनकाईमा नौ, बुद्धशान्तिमा सात, अर्जुनधारामा छ, शिवसताक्षी र भद्रपुरमा पाँच÷पाँच, कचनकवल र मेचीनगरमा चार÷चार, हल्दिबारी र कमल गाउँपालिकामा दुई, बाह्रदशीमा एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको इटहरी र धरानमा ४९÷४९, इनरुवा र बराहक्षेत्रमा चार÷चार, दुहवीमा तीन, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा एक÷एक, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा नौ, पथरीशनिश्चरेमा छ, बेलबारीमा पाँच, बुढीगंगामा तीन , सुनबर्षी, रतुवामाई र उर्लाबारीमा दुई÷दुई, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा एक÷एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईजोगमाईमा पाँच, चुलाचुलीमा तीन, इलाम नगरपालिकामा दुई र सुर्योदयमा एक, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा एक÷एक, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा एक÷एक, तेह्रथुमको छथर र म्याङलुङमा एक÷एक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक÷एक, धनकुटामा एक, भोजपुरको अरुणमा एक, खोटाङमा एक र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पाजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८ सय ८० पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ सय ६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ५६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट एक÷एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १ सय ५१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ३ सय ६१ ज्नाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८५ हजार ७ सय ६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

प्रधानमन्त्री ओलीले सही काम गरे, अराजकहरुलाई ठेगान लगाउने तरिका यही हो : बिजुक्छे

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही...

विराटनगर विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा(फोटो फिचरसहित)

विराटनगर, साउन २०-भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले मंगलबार पत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि विमानस्थल सञ्चालन गर्न आबश्यक तयारी आन्तिम चरणमा पुगेको जानकारी दिएको हो...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

आज थप १ हजार २०२ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त हुने दर ७०.६ प्रतिशत

काठमाडौं, २७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

विराटनगर, २ मंसिर–प्रदेश १ मा मंगलबार ५६ संक्रमित थपिएका छन् । मोरङमा ३१ झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश १ बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा सात महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्