थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

 न्यूज विराट
थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका छन् ।

त्यस्तै, ३ हजार ४३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या २ लाख नाघेको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएर निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

अहिलेसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर गर्दा २ लाख २२ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा...

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ...

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्...

सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...

प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्