अध्यक्ष राणालाई मुछेर आएका समाचारप्रति महासंघको खण्डन

 न्यूज विराट
अध्यक्ष राणालाई मुछेर आएका समाचारप्रति महासंघको खण्डन

काठमाडौं, ७ मंसिर-नेपाल उद्योेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र महासंघलाई मुछेर सञ्चारमाध्यममा आएका सामाचारकाे महासंघले खण्डन गरेको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राणालाई मुछेर उपाध्यक्षका उम्मेदवार किशोर प्रधानका मतदातालाई संघको खर्चबाट होटल बुक गरेको समाचार गलत रहेको जनाएको हो ।

संघको विज्ञप्तिमा अध्यक्ष राणाले बाहिरी जिल्लाबाट आउने निर्वाचन प्रतिनिधि तथा मतदातालाई कोरोना संक्रमणबाट सुरक्षित राख्दै मतदान गर्ने व्यवस्था मिलाउन संघको निर्णयअनुसार नै होटल बुक गरिएको विषयलाई गलत रूपमा प्रचार गरिएको उल्लेख गरिएको छ ।

यसअघि निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष राणाले आफ्ना निकट उम्मेदवारका मतदातालाई मात्रै महासंघको खर्चमा होटल बुक गर्ने काम गरेको भन्दै विभिन्न सञ्चामाध्यमले सामाचार प्रकाशन तथा प्रसारण गरेका थिए । महासंघको चुनाव यही १३ मंसिरमा हुँदै छ ।

सम्बन्धित समाचार

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

२२ बुँदे माग राख्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्