पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

विराटनगर, ६ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ । प्रदेश १ मा शनिबार एक सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ५४, सुनसरीमा छ, इलाम र धनकुटामा तीन÷तीन र पाँचथरमा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा दुई÷दुई, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा एक÷एक, स्थानीय तह नखुलेका तीन, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा पाँच, मेचीनगरमा चार, शिवसताक्षीमा दुई, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा एक÷एक, र स्थानीय तह नखुलेका सात जनाको रिपोर्ट पोजिटिभ आएको छ । उता सुनसरीको इटहरीमा दुई, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा एक÷एक, इलामको इलाम नगरपालिकामा दुई, माईजोगमाईमा एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन र पाँचथरको फिदिममा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा शनिबार चार सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना रोकथामका नाममा किनेका सामग्रीको विवरण सार्वजनिक गर्ने निर्देशन

काठमाडौं, ९ जेठ-राष्ट्रिय सूचना आयोगले दिएको निर्देशनको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका सरकारलाई कोरोना रोकथामको लागि उपलब्ध गराइएका र किनिएका, किनिने सामग्रीको विषयमा विवरण सार्वजनिक गर्नको लागि परिपत्र जारी गरेको छ । मन्त्रालयले...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

भारतमा बन्यो कोरोनाको औषधि

एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...

प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्