क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन

 न्यूज विराट
क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन

काठमाडौं, ५ मंसिर-नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।

कांग्रेसको गत २८ कात्तिकको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई २ मंसिरमा निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मंसिरभित्र अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्नेछ ।

कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत १३ र साउन २२ फागुनमा केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने भएको छ ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या हाल करिब पाँच लाख छ । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

सम्बन्धित समाचार

मिसेस कोशीको अडिसन विराटनगरमा शनिबार हुने

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको हो । यो प्रतियोगितामा विवाहित...

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् । ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले...

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्...

भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ असार-शनिबार काठमाडौं उपत्यकाका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्