भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

 न्यूज विराट
भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी, ५ मंसिर-राष्ट्र बैंकको निर्देशनअनुरुप बैंकहरूले कोरोना प्रभावित ऋणीहरूलाई ऋण नतिरे पनि कालो सूचीमा नराख्ने सहमति गरे पनि कार्यान्वयन भने गरेका छैनन् ।

कालो सूचीमा नराख्नू भने पनि एक महिनामा नै बैंक तथा वित्तीय संस्थाहरूले ३ सय ८५ भन्दा बढी ऋणीलाई समयमा किस्ता नतिरेको भन्दै कालो सूचीमा राख्न कर्जा सुचना केन्द्रलाई सिफारिस गरेका छन् ।

कर्जा सूचना केन्द्रका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत कात्तिक महिनामा मात्र ३ सय ८५ जनालाई कर्जा समयमै चुक्ता नगरेबापत तथा बैंकको कर्जा नियम पालना नगरेबापत कालो सूचीमा राखेका छन् ।

केन्द्रका अनुसार ३ सय ८५ जना ऋणीमा ३ सय जना ऋणीले कर्जा समयमा नै नतिरेको कारण कालो सूचीमा राख्न बैंक तथा वित्तीय संस्थाले केन्द्रलाई सिफारिस गरेका छन् ।

कोरोनाका कारणले अर्थतन्त्र ठप्प भएको भन्दै बजेटमा उद्योग व्यवसायहरूलाई राहतको प्याकेजस्वरुप ऋणको भुक्तानी अवधि लम्ब्याउनुका साथै पुनर्कर्जाको समेत व्यवस्था सरकारले गर्‍याे । तर व्यक्तिगततर्फ ऋणीहरूलाई भने कुनै राहत नहुँदा अहिले ऋणीहरू किस्ता नतिरेकै कारण बैंकको कालो सूचीमा पर्न थालेका छन् । कालो सूचीमा पर्नेहरूमा व्यावसायिक कर्जा लिएका १ सय ४५ जना र व्यक्तिगत कर्जा लिएका २ सय ४० ऋणीहरू छन् ।

पछिल्लो समय ऋणीहरूलाई ऋण तिर्न बैंकहरूले दबाब दिन थालेको गुनासो बढेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई त्यसो नगर्न निर्देशन दिएका थिए । तर बैंकहरूले भने कोरोना प्रभावितबाहेक अरु ऋणीबाट मात्रै ऋण असुल गरेको बताउँदै आएका छन् । यद्यपि कालो सूचीमा पर्नेको संख्या हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको ऋण असुलीमा बैंकहरूले नरम हुनुपर्ने नीति नमानेको देखिन्छ ।

यसै विषयमा गभर्नर अधिकारी भन्छन्, ‘कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालो सूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौँ,’ ती ऋणीबाट सावाँब्याज भुक्तानी लिँदा पनि बैंकले ग्राहकको अवस्था हेरेर मात्र व्यवहार गर्न निर्देशन दिएका छौँ । तर पनि गुनासो आउने क्रम घटेको छैन । बैंक तथा वित्तीय संस्थाले ऋण असुलीलाई अझ तीव्र पारेका छन् ।’

अधिकारीले राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेर जबर्जस्ती ऋणीबाट ऋण असुल गर्ने, कोरोनाबाट प्रभावित भएको थाहा हुँदाहुँदै धितो लिलामी गर्ने तथा ऋणीलाई कालो सूचीमा राख्ने हर्कत बैंकहरूले नछोडे कारबाहीकाे दायरामा ल्याइने बताए ।

राष्ट्र बैंकले ऋणीहरूप्रति लचिलोपन अपनाउनुपर्ने भन्दै कोभिड महामारीका कारण बैंक तथा वित्तीय संस्थालाई परेको कठिनाइलाई राष्ट्र बैंकले सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि बैंक तथा वित्तीय संस्थाहरूले लिलामी र कालो सूचीमा राख्न छोडेका छैनन् ।

सम्बन्धित समाचार

मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्...

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

विराटनगर, १२ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। प्रदेश १...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको...

आइपुग्यो जनकपुरमा रेल (फोटो फिचरसहित)

जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।   लामो समयको प्रतीक्षापछि...

कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्