शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

 न्यूज विराट
शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ । आज एकै दिन शेयर ६ अर्बको शेयर कारोबार भएको हो । 

यस आगडि लकडाउन खुलेसँगै शेयर कारोबार ४ अर्ब ८५ करोड रुपैयाँमा पुगेको थियो । त्यसयता पुनः कारोबार घटेर २ देखि ३ अर्बको कारोबार हुँदै आएको थियो ।

बिहीबार पनि शेयरबजार परिसुचक नेप्से ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेर बन्द हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय १२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकममा उछाल आएको हो ।

कारोबार बढेसँगै परिसूचक पनि बढेपछि १५ कम्पनीले ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढाउन सफल भएका छन् । त्यसो त बिहीबार सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा धेरै ट्रेडिङ समूहको ९.९४, होटल समूहको ९.३८ प्रतिशतले सूचक बढेको हो ।

बजार बढ्नुमा लगानीकर्तामा उत्साह बढनु प्रमुख कारण रहेको शेयर बजार विश्लेषक विष्णु बस्याल बताउँछन् । ‘लकडाउन सकिएसँगै लगानीकर्ताहरू अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न थाले । ब्रोकरकोमा पुग्नुपर्ने, बैंक पुग्नै पर्ने झन्झट सकिएपछि कारोबार गर्नेहरू पनि बढे । यसले नेप्से सूचकमा सकारात्मक असर देखियो,’ उनी भन्छन्, ‘अहिले सूचक बढेर ३० अंक पार गरेपछि भने अन्तिम समयमा आएर लगानीकर्ताले हौसिएर धमाधम शेयर खरिदबिक्री गरेको पाइयो ।’

बस्याल शेयरले उकालो यात्रा अझै केही दिन तय गर्ने बताउँछन् । यस्तै, नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुली पनि शेयरबजार सुधारोन्मुख हुँदै गएपछि लगानीकर्ता हौसिँदा कारोबार रकम ह्वात्तै बढेको बताउँछन् ।

सम्बन्धित समाचार

रोजगारी गुमाएकालाई सरकारले दिने छ रोजगारी

काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

सेन्ट जोसेफ स्कूलमा ग्राजुएसन

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कूलमा प्रि स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह सम्पन्न भएको छ। स साना विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरूको उपस्थितिमा विद्यालयको प्रारम्भिक शैक्षिक यात्राको समापन मनाइएको हो। समारोहका प्रमुख अतिथि प्रधानाध्यापक एडोल्फ रोपरकले अभिभावकहरूप्रति...

अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

ज्ञानेन्द्रकाे सचिवालय भन्छ, ‘राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन’

काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्