नेकपाका बहुमत सचिवालय सदस्य स्थायी समिति बैठक बोलाउने तयारीमा

 न्यूज विराट
नेकपाका बहुमत सचिवालय सदस्य स्थायी समिति बैठक बोलाउने तयारीमा

काठमाडौं ३ मंसिर-नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षले आजको सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने तयारी गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच बस्ने तयारी भएको बहुमत सचिवालय सदस्यको बैठकले स्थायी समितिको बैठकमार्फत प्रधानमन्त्रीबाट ओलीलाई फिर्ता बोलाउने निर्णय गर्ने बाटोतिर लाग्ने नेकपाका नेताहरुको भनाइ छ ।

सचिवालय सदस्य झलनाथ खनालले पूर्वनिर्धारित सचिवालय बैठक स्थगित नहुने बताउँछन् । कोही नेता काम विशेष वा कुनै कारणले उपस्थित नहुँदैमा बैठक नरोकिने खनालको तर्क थियो । सचिवायको बैैठक बालुवाटार बस्ने कि धुम्बाराही बस्ने टुंगो छैन । वालुवाटारमा बैठक बस्ने परिस्थिति नभए धुम्बाराहीका बस्ने नेताहरुको भनाइ छ ।

बहुमत पक्ष त्यही लाइनमा देखिएका कारण ओलीनिकट नेताहरु भने अहिले प्रधामन्त्रीबाहेक सबै मन्त्री फेर्न सकिने तर्क गर्न थालेका छन् । सञ्चारमन्त्री पार्वत गुरुङले त्यही कुरा उल्लेख गरेका छन् । त्यो भनेको २६ भदौको स्थायी समितिको निर्णय अनुसारको लाइन हो ।

तर, नेकपा आज निकै पेचिलो विन्दुमा प्रस्थान गरेको छ । बहुमत सदस्य सचिवालय बैठक बस्ने पक्षमा अडान राखिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले समय जुधाएर मन्त्रिपरिषद् बैठक राखेका छन् । त्यसले अध्यक्ष प्रचण्ड-माधव नेपाल समूह र प्रधानमन्त्री ओली समूह आमनेसामने भएका छन् ।

हिजो राति ९ देखि साढे १० बजेसम्म चिनियाँ राजदुत हाउ यान्छीसँग संवाद गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । झन्डै ११ बजे शीतल निवास पुगेर फर्केका प्रधानमन्त्री ओलीले सचिवालय बैठक बस्ने भनेको दिउँसो १ बजेको समय नै जुधाएर मन्त्रिपरिषद् बैठक राख्ने निर्णय गरिदिए ।

हुन त, ओलीको यस्तो निर्णय गत असारमा भएको थियो । स्थायी समिति बैठक बसिरहेको बेला विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकको समय जुधाएर मन्त्रिपरिषद् बैठक राखेनन् मात्रै आफ्नो समूहका नेतालाई स्थायी समितिको बैठकमा नजान उर्दी जारी गरे ।

त्यस दिनको बैठकले विवादको अर्को चरण प्रवेश गरेको थियो । प्रचण्ड र माधव नेपाल समूहका सदस्यमात्रै उपस्थित त्यो स्थायी समितिको बैठकले विवाद र विभाजनको नयाँ स्वरुप ग्रहण गरेपछि सहमतिको प्रयास खोज्न थालिएको थियो । त्यही बुझेर हुन सक्छ ओलीले आज पनि मन्त्रिपरिषद् बैठक राखेर बैठक छल्न खोजको हुन् ।

मन्त्रिपरिषद् बैठकले सचिवालय सदस्य समेत रहेका ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई सचिवालय बैठकमा जान रोक्नेछ । यद्यपी, प्रचण्ड-नेपाल समूहका ती नेताहरु पहिला पनि अनुपस्थित भएकोले धेरै फरक भने पर्ने छैन् ।

तर, आजको बैठक महासचिव विष्णु पौडेलले स्थगित भएको सूचना जारी गर्ने तयारी पनि थियो । हिजो साँझ ओलीनिकट नेताहरु पौडेल, ईश्वर पोखरेल, पृथ्बीसुब्बा गुरुङ, सुवास नेम्वाङ, विष्णु रिमालसहितका नेताहरुको छलफलपछि यस्तो निष्कर्ष निस्किएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

आज पनि चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १८–आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय...

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...

विकास हुन लाग्दा पीर परेको देखेर छक्क लाग्छः ओली

काडमाडौं, फागुन ५–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमाध्यमले दिने...

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्