धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार मृत्यु भएको जानकारी दिएका छन् । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि प्रतिष्ठानको आइसीयु कक्षबाट सोमबार कोभिड–१९ अस्पतालमा भर्ना गरिएकी उनको गएराति मृत्यु भएको हो ।

सम्बन्धित समाचार

मोरङमा १२ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

होम आइसोलसनमा बस्नेहरूका लागि यस्ता छन् मापदण्ड

काठमाडौं, २४ साउन-सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम...

ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन...

तिब्बतबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसका विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तिब्बतले १० हजार एन ९५ मास्क,...

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, ५ भदौ–प्रदेश सरकारले विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्