कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी १९ वर्षीया युवतीको मृत्यु भएको छ । 

शुक्रबार कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा शनिबार बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका दुईजना र झापाका एकजनाको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार ग्रामथान गाउँपालिका–१ का ५२ वर्षीय पुरुष, मिक्लाजुङ गाउँपालिका– ९ का ६८ वर्षीय र झापाको गौरादह गाउँपालिका ४ का ७० वर्षीय पुरुषको शुक्रबार बेलुका मृत्यु भएको हो ।

२३ कात्तिकमा कोरोना पोजिटिभ देखिएका ग्रामथान गाउँपालिका–१ का पुरुष २४ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उच्च ज्वरो र खोकीको समस्या भएका उनको शुक्रबार बेलुका सवा ५ बजे मृत्यु भएको हो ।

२७ कात्तिकमा कोरोना पोजिटिभ देखिएका मिक्लाजुङका पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए । ज्वरो र रुघाखोकीको समस्या भएका उनले शुक्रबार साँझ साँढे ५ बजे मृत्यु भएको हो ।

झापाका पुरुष २५ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजिटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार बेलुका ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

पत्रकार दासलाई कुटपिट गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया...

यमनमा पृथकतावादी समूहद्वारा स्वशासन घोषणासँगै संकट गहिरिने खतरा

एजेन्सी, बैशाख १४-सरकारसँग शान्ति सम्झौता भंग भएलगत्तै यमनको पृथकतावादी १ समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यो घोषणाले अझ जटिल बनाएको...

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

जलेर चार बर्षीया बालिकाको मृत्यु

सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्