राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो समूहका नेतासहित कांग्रेसमा प्रवेश गरेका थिए । थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ ।
थापासँग कांग्रेसमा प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरि, टिएन योगीलाई केन्द्रीय सदस्य र दिलीप राई, आशाराम चौधरी, राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
३१ साउनमा थापा, केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेसमा प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।