सरकारले सुविधा सम्पन्न थप ३५ सय वेड आइशोलनसन निर्माण गर्दै

 न्यूज विराट
सरकारले सुविधा सम्पन्न थप ३५ सय वेड आइशोलनसन निर्माण गर्दै

विराटनगर, २७ कात्तिक–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमन गरेका छन् ।

मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियु र अक्सिजन सहितको एक सय वेडको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा गरे । उनले. सेन्टरको अनुगमन गर्दै संक्रमित उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले सरकारको यसलाई प्राथमिकता राखेको बताए ।

मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न ३५ सय वेड थप गर्ने तयारी गरेको जानकारी दिदै दुुई हजार उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए । उनले कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भनेर सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको बताए ।

सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने बताउँदै मन्त्री ढकालले खोपका लागि आवश्यक तयारी भईरहेको जानकारी दिए । उनले खोप परीक्षण सफल हुनसाथ आयातका लागि कानुनी समस्या नहोस भनेर अध्यादेश तयार गरिएको जानकारी दिए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडा लगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । मन्त्री ढकालले यसअघि कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।

सम्बन्धित समाचार

एकै दिन १८ हजारभन्दा बढीको परीक्षण, थपिए ४३६४ संक्रमित

काठमाडौं, २२ असोज-नेपालमा आज ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् ।...

विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन

विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

कृषि थोक बजारमा कृषि एक्स्पो सुरु

विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन्...

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

कुरुवाको एक लाख लुटपाट गर्नेलाई समात्न हिडेको प्रहरीले ठगी गर्ने गिरोह समातेपछ….

विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा पाचखपन...

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्