कान्छी श्रीमती ल्याएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

 न्यूज विराट
कान्छी श्रीमती ल्याएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

विराटनगर, २७ कात्तिक–मोरङको उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले बहुविवाह मुद्धा दर्ता गराएकी हुन् ।

जेठी श्रीमती ताराले पति दिवस र उनकी कान्छी श्रीमती कोपिला बर्देवाविरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएकी हुन् । बहुविवाहको मुद्धा दर्ता गराएकी ताराका अनुसार ससुरा एवम् दलित अगुवा नेता भीमलाल गहतराजको मृत्यु संस्कारका क्रममा कोपिला बर्देवाले पति दिवसकी कान्छी श्रीमती रहेको दावी गर्दै जबरजस्ती मृत्यु संस्कारमा सहभागि हुन खोजेकि थिइन् ।

मृत्यु संस्कारका क्रममा पति दिवसले आफुमाथि सौता ल्याएको चाल पाएपछि १३ दिने काम सकिएलगत्तै पति दिवस र सौता कोपिलाविरुद्ध बहुविवाह मुद्धा दर्ता गरेको बताइन् । ताराले पति दिवसले आफु हुँदाहुँदै कानुन विपरित कान्छी श्रीमती ल्याएर अन्याय गरेकाले मुद्धा दर्ता गरि कानुनी उपचार खोज्न बाध्य भएको आरोप लगाइन् ।

दिवसकी कान्छी श्रीमती कोपिला बर्देवाले भने आफुलाई कथित तल्लो जात भएकै आधारमा जातीय भेदभाव गर्दै ससुराको मृत्यु संस्कारमा सहभागि नगराइएको आरोप लगाउँदै सिंगो गहराज परिवार विरुद्ध जातीय भेदवा तथा छुवाछुत कसुर अन्तर्गत मुद्धा दर्ता गराएकी थिएन् ।

सोही आरोप आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धव पोखरेलले.जातीय भेदभाव तथा छुवाछुतको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरि अनुसन्धान प्रकया अघि बढाएको बताए । उनले बहुविवाह र जातीय विभेदका दुवै मुद्धाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको बताए ।

सम्बन्धित समाचार

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई दोषी ठहर गरेको हो । सिन्हा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।...

मिस कोशीको बिजेतासहित रनरअपहरूलाई सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ ।जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

बालकोटमा जुट्यो सहमति : माधव छाडेका नेता एमालेमै रहने, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

मोरङको मुनालझोडामा मृत भेटिए हात्ती, गोली हानेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडामा एउटा हात्ती मृत भेटिएका छन् । आज विहान हात्ती मृत अवस्थामा भेटिएको हो । मृत भेटिएको भाले हात्ती रहेको सव डिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लाल...

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्