पर्सी सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव

 न्यूज विराट
पर्सी सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव

काठमाडौं, २५ कात्तिक-सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी बिहीबार सचिवालय बैठक बोलाउने गरेका छन् ।  मंगलबार प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सचिवालय बैठक राख्ने प्रस्ताव गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

पर्सी बैठक राख्ने सहमति दिन प्रचण्डले ओलीलाई आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रचण्डकोको प्रस्तावमा ओलीले भने सहमति नजनाएको उनको भनाइ छ । उनीले ओलीकै सहमतिमा बैठक बस्ने पनि बताए ।

अपरान्ह ४ बजेलाई बोलाइएको बैठकमा प्रचण्डसहित सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रचण्डले बोलाएको बैठकमा प्रधानमन्त्री ओलीनिकट नेताहरू भने सहभागि थिएनन् ।

सचिवालय बोलाउनुअघि ओलीनिकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए ।

सम्बन्धित समाचार

विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर, ३१ भदौ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिबार दिउँसो पौने २ बजेतिर अस्पताल परिसर भित्रै अन्दाजी ३५÷४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको...

साहित्य क्षेत्रमा प्रदान गर्ने तीन पुरस्कार स्थापना

विराटनगर । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य–...

शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

एजेन्सी, बैशाख ५-ब्राजिलमा एक परिवारको उत्सव त्यसबेला शोकमा बदलियो जब पार्टीमा सामेल भएका तीन जनाको मृत्यु भयो भने १० जनामा कोरोना संक्रमण देखियो । सायद एउटा जन्मदिनको पार्टीले यस्तो घटना निम्त्याउन सक्छ भन्ने कसैले पनि...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश...

सर्वोच्चको फैसलालाई एमालेले दियो खुला चुनौती, न्यायाधीशले सीमा र मर्यादा नाघेको ठहर (पूर्णपाठ)

काठमाडौं, साउन १ । नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै बहशका लागि खुला चुनौती दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले अदालतको फैसला संबिधान भन्दा बाहिर गएर आफ्नो सीमा र मर्यादा नाघेर अदालतबाट...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्