काठमाडौंमा १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुर १ हजार २ सय २४ जना र ललितपुरमा २ हजार ३ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ । काठमाडौंमा ११ हजार ३ सय ९३ भक्तपुरमा १ हजार ८ सय १४ र ललितपुरमा १ हजार ८ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।
आज देशभर ११ हजार २ सय ९० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म १ लाख ९९ हजार ६ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये १ लाख ६० हजार ५ सय ७७ जना निको भएका छन् भने ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा उपचाररत छन् ।