सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या घटनाकाे विराेधमा लहानमा प्रदर्शन

 न्यूज विराट
सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या घटनाकाे विराेधमा लहानमा प्रदर्शन

लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । सुनचाँदी व्यसायी, संयुक्त दलित संघर्ष समिति सिरहा, विश्वकर्मा समाज र नागरिक समाज सम्मिलित संयुक्त संघर्ष समितिले आज विराेध प्रदर्शनसहित लोकतान्त्रिक चोकमा कोणसभा गरेकाे हाे  । विराेधमा सहभागीहरूले घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरे ।

पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ । घटनाको विराेधमा प्रदेश २ का सम्पूर्ण सुनचाँदी पसलहरू समेत बन्द रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्याक्ष भरत अग्रवालले बताए ।

सुनचाँदी व्यवसायी बारम्बार लुटिएकाे, मारिएकाे भन्दै व्यवसायी स्वयंकाे सुरक्षा एवं पीडितलाई न्यायका लागि आन्दोलन गरेकाे उपाध्यक्ष अग्रवालले बताए । मृतककी घाइते श्रीमतीको उपचार, उनका बच्चाको शिक्षादीक्षाकाे सुनिश्चतता र क्षतिपूर्तिको माग उनीहरूले गरेका छन् ।

सिरहाको लहान नगरपालिका-२३ गढिया चौकमा सुनचाँदीका पसल सञ्चालन गर्दै आएका लहान-२२ का ४५ वर्षीय प्रदीप विश्वकर्मालाई ६-७ जनाको लुटेराहरूको समूहले हिजाे राति गोली र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । लुटेराको आक्रमणबाट उनकी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा गम्भीर घाइते छिन् । उनको उपचार जारी छ ।

व्यक्तिगत रिसईबीका कारण हत्या भएको हुनसक्ने परिवारजनको आशंका छ । मृतक युवकको जिउभरी धारिलो हतियार र छातीमा गोली प्रहार भएको देखिएको छ । उनलाई धारिलो हतियारपछि गोली प्रहार भएकाे हुनसक्ने प्रहरीले बताएको छ । विश्वकर्माको शव अहिले पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम भोलि मात्र हुने बताइएको छ ।

हालसम्म दुई जना पक्राउ परेका छन् । संलग्नताको आशंकामा लहान-७ का २६ वर्षीय रामकृष्ण चौधरी र लहान-२३ गढियाका २९ वर्षीय सूर्य सहनी प्रहरीकाे नियन्त्रणमा छन् । घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले बताए ।

सम्बन्धित समाचार

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

काठमाडौं, ३ असोज-सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

नेपालमा कोरोनाको नयाँ प्रजाती भेटियो, सबै उमेर समूहकालाई जोखिम

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना पुष्टि

बुटवल, ७ जेठ-आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवाको गुहबाली अनुसन्धान केन्द्रमा गरिएको पीसीआर परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले  बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्