प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा आठ, रतुवामाईमा सात, रंगेलीमा छ, उर्लाबारी र कानेपोखरीमा चार÷चार, जहदा, बुढीगंगा र बेलबारीमा तीन÷तीन, ग्रामथानमा एक र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सुनसरीको इटहरीमा ३३, इनरुवामा चार, रामधुनीमा तीन, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा दुई÷दुई, दुहवी र गढीमा एक÷एक, झापाको गौरादह र कमल गाउँपालिकामा १२÷१२, दमकमा चार, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता तेह्रथुमको म्याङलुङमा आठ, उदयपुरको चौदण्डीगढीमा तीन, त्रियुगामा दुई र बेलकामा एक, इलामको इलाम नगरपालिका र फाकफोकथुममा एक÷एक, संखुवासभाको पाँचखपन र खाँदबारीमा एक÷एक, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा एक÷एक र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ८४ पुगेको छ ।

प्रदेश १ मा आइतबार ६ सय जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट पाँच जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १ सय ७३ पुगेको छ ।

प्रदेश १ मा आइतबार ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएकोछ । परीक्षण गरिएका मध्ये ७५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७० हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा...

राजपुत समुदाय संगठित, विराटनगरको अध्यक्षमा राजेश

विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...

काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

किशोर दियाली/विराटनगर, २९ चैत । दियाली बन्धु सेवा समाजको सातौँ साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा शनिबार देशभरका दियाली बन्धुहरुको सहभागितामा भव्यताका साथ साधारणसभा तथा महाधिवेशन सम्पन्न भएको...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

कोरोनाबाट आज २६ जनाको मृत्यु, २ सय ६९ संक्रमित आईसीयूमा

काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्