नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

 न्यूज विराट
नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् ।

बितेको २४ घन्टामा १० हजार ४ सय २३ नमुना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७ सय ५३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित एक हजार ५ सय १२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४ सय ९४, प्रदेश २ सय ७७, बागमती एक हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा १ सय ३ संक्रमित थपिएका छन् ।

३५ हजार ४ सय ३५ सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ६५ को आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन् ।

सम्बन्धित समाचार

अमेरिकी कम्पनीले गर्‍यो अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

एजेन्सी, जेठ १४-संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन...

रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...

विराटनगरमा मातृभूमि महोत्सव, बुधबार इन्जिला रेग्मी र पृति पासवान आउँदै

विराटनगर। विराटनगर – २ शंकरपुरमा जारी मातृभूमि नेपाल महोत्सवमा बुधबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुने भएका छन्। आयोजक समितिका बिक्की भगतका अनुसार बुधबार महोत्सवमा चर्चित गायिकाद्वय इन्जिला रेग्मी र पृति पासवानले आफ्नो प्रस्तुति दिने...

बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

विराटनगर । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्