पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा आठ, सुन्दरहरैचामा छ, लेटाङमा चार, बेलबारी र पथरीशनिश्चरेमा तीन÷तीन, रंगेलीमा दुई, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा एक÷एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा सात, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा दुई÷दुई, भोक्राहानरसिंह, दुहवी, हरिनगरा र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा नौ, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा तीन÷तीन, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा दुई÷दुई, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका एक÷एक, तेह्रथुमको लाली गुराँसमा चार, म्याङलुङ र छथरमा एक÷एक, इलामको इलाम नगरपालिकामा दुई र सुर्योदयमा एक, धनकुटाको पाख्रीबासमा एक र स्थानीय तह नखुलेका दुई, भोजपुरमा तीन, उदयपुरको बेलका र त्रियुगामा एक÷एक, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा एक÷एक र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार एक सय १७ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ३ सय ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट तीन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट एक÷एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो । बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि...

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत...

होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू

विराटनगर । विराटनगरस्थित होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू भएको छ । जैन इन्टरनेशल टे«ड अर्गनाइजेसन (जितो) को आयोजनामा विराटनगरमा एक दिने हाटबजार मेला बिहीबार लागेको हो । उक्त मेलाको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश...

किड्स भिलेजले मनायो दशौं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको किड्स भिलेज स्कुलले भब्य कार्यक्रम आयोजना गरी दसौं वाषिकोत्सव तथा फन फेस्टा मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा फन फेस्टा कार्यक्रम मनाएको हो । कार्यक्रममा...

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साझमा गृहमन्त्री आउँदै

विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...

स्पार्क हस्पिटलले सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने, १० पुसमा निःशुल्क शिविर र रक्तदान

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्