अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

 न्यूज विराट
अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै लगेका छन् ।

कुल ५३८ इलोक्टोरल मतमध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । बाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिससकेका छन् भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ ।

पूर्वउपराष्ट्रपति बाइडेनसँग प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकोले उनले जित्ने सम्भावना न्यून देखिएको छ । उनी दुई ठाउँमा मात्रै अगाडि देखिएका छन् ।

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो।

अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकोले समेत उनको जितको सम्भावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सिल्भानिया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा बाइडेन अगाडि देखिएका छन् ।

बाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेदवारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि सुरु भएको मतदान राति अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना सुरु भएको थियो ।

त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् । ती सबै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ ।

अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौँ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसंख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।

अमेरिकामा हरेक चार/चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।

सम्बन्धित समाचार

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...

समाजवादी मोर्चाको सोमबार विराटनगरमा सभा, प्रचण्डले सम्बोधन गर्ने

विराटनगर । समाजवादी मोर्चाले विराटनगरमा ‘सन्देश सभा’ गर्ने भएको छ । सोमबार विराटनगरस्थित मनास्लु होटमा सभा गर्ने भएको हो । समाजवादी मोर्चाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी मोर्चाले गर्ने सन्देश सभाको तयारी पुरा भएको जानकारी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वृक्षारोपण गरेको छ । आइतबार इक्राहीस्थित म्याजिक चप्पल उद्योग अगाडी विभिन्न जातको विरुवाहरु रोपिएको हो । आँप, अम्बक, अमला, जामुन, बेल जस्ता १०० वटा फलफूल, अशोक र नीमका...

सेना दिवसमा सुनवर्षीमा स्वास्थ्य शिविर, साढे चार सय बढीले गरे स्वास्थ्य परिक्षण

विराटनगर । सेना दिवसको अवसरमा सुनबर्षी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सय ५७ बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।सेना दिवस २०८१ को सन्र्दभ पारेर कटहरीको थलाहास्थित श्री भैरवगणले सुनबर्षी २ स्थित अमरदह...

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

मोरङ, १८ कात्तिक-प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्