चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

 न्यूज विराट
चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् ।

यसमा लेखिएको छ, ‘देश जुन खालको संकटमा चलिरहेको छ, त्यसमा महामारीदेखि आर्थिक मन्दी, जलवायू परिवर्तन, नस्लीय अन्यायजस्ता गम्भीर मुद्दा छन् । ट्रान्जिसन टिमले तीव्र गतिमा तयारी गर्नेछ, जसबाट बाइडेन–ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस् ।’

अमेरिकी राष्ट्रपति निर्वाचनको विजेताले २० जनवरीमा ह्वाइट हाउस छिरेर पदभार ग्रहण गर्नुअघि आफ्नै ट्रान्जिसन टिम गठन गर्छन् । अहिलेसम्म जीत कसको हुन्छ यसै भन्ने अवस्था छैन । दुवै उम्मेदवारले जित्ने दाबी गर्दै गरिरहेका छन् । बाइडेनले आफू राष्ट्रपति बनेको दिन नै पेरिस जलवायू सम्झौतामा अमेरिकालाई पुनः सामेल गराउने बताउँदै आएका छन् ।

बुधबार मात्रै अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको छ । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि सुरु गरेको थियो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेसम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग सम्झौता गरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने...

प्रविधिमैत्री बन्दै कानेपोखरीको सरस्वती आधरभूत विद्यालय

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...

अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...

हिसान स्पोर्टस् मिट सुरू, उद्घाटनमा आधा दर्जन कलेज विजयी

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्