काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

 न्यूज विराट
काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय ४९ जना महिला संक्रमित थपिएका हुन् ।

काठमाडौंमा कुल संक्रमितको संख्या ६५ हजार ७ सय ८८ मध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ८ सय ६३ पुगेको छ । ४९ हजार ६ सय ७६ जना निको भएका छन् भने २ सय ४९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भक्तपुरमा ५ हजार ९ सय ६६ जनामा संक्रमण देखिएकोमा ४ हजार ८ सय ७९ जना निको भएका छन् भने १ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । ६८ जनाको निधन भएको छ ।

त्यसैगरी ललितपुर जिल्लामा ९ हजार ३ सय १४ जनामा संक्रमण पुष्टि भएकोमा ६ हजार ९ सय ८७ जना निको भएका छन् भने २ हजार २ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ६३ जनाको निधन भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १० हजार ८ सय ३०, भक्तपुरमा १ हजार ७ सय ३० र ललितपुरमा २ हजारर १ सय ९६ जना होम आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार

मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश...

प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...

प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर ८ असार–प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

एजेन्सी, २४ कात्तिक-औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका संक्रमितमा औषधिको परीक्षण गरिएको र यसको...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री  भानुभक्त ढकालको आदेशमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्