फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प - News Birat

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

न्यूज विराट

एजेन्सी, २४ कात्तिक-औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।

कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका संक्रमितमा औषधिको परीक्षण गरिएको र यसको ९४ प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुशीको खबर’ भनेका छन् ।

‘खोप छिट्टै आउँदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ,’ ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।

ट्रम्प प्रशासनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् । ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।

अमेरिकामा अहिले पनि कोरोना भाइरस संक्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै संकेत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles