राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

 न्यूज विराट
राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।

गौतमको निजी सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शीतल निवासमा बोलाएर पार्टी एकता जोगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छन् । राष्ट्रपतिले गौतमलाई विगतमा खेलेकै जस्तै भूमिका फेरि खेल्ने समय आएको बताइन् ।

राष्ट्रपतिको आग्रहलाई उपाध्यक्ष गौतमले सकारात्मक जवाफ दिएका थिए । गत वैशाखमा भएको नेकपा विवाद गौतमले नै‌ समन्वय गरे मिलेको थियो । पार्टी एकता जोगाउन पुनः त्यस्तै भूमिका खेल्न गौतमलाई राष्ट्रपति भण्डारीले आग्रह गरेकी हुन् ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढिरहेका बेला राष्ट्रपतिले गौतमलाई भेट्नुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

सम्बन्धित समाचार

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका...

कोभिड-१९ उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं, १३ वैशाख-सरकारले आज कोरोना नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ ।तेस्रो पटक लम्ब्याइएको लकडाउन सोमबार (१५ वैशाख) सकिने भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो । लकडाउनलाई कसरी अगाडि...

उपत्यकामा एकै दिन थपिए ३ हजार १ सय १७ संक्रमित

काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाडौं, पुस २ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक...

हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु

हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्