एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ ।
यसअघि चन्द्रमाको अँध्यारो र चिसो क्षेत्रमा पानी जमेको अवस्थामा पाइएको थियो । पानीको खोज नासाको स्ट्रेटोस्फियर अब्जरभेटरी फर इन्फ्रारेड स्ट्रानोमी (सोफिया) ले गरेको हो । यसको प्रयोग पिउन र रकेट इन्धन उत्पादनका लागि गर्न सकिनेछ । चन्द्रमामा पानी भेटिनुको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिनेछ ।
यसलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारेमा केही बताउन नसकिए पनि चन्द्रमाका बारेमा थप जानकारी हासिल गर्नका लागि ठूलो उपलब्धी भएको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।