एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

 न्यूज विराट
एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

एसी मिलानका लागि दोस्रो मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै अग्रता दिलाएका थिए । तर १४ औं मिनेटमा एडिन जेकोले रोमाका लागि बराबरी गोल फर्काए ।

खेलको ४७ औँ मिनेटमा एलेक्सिज सिलेमेकर्सले गोल गर्दै एसी मिलानलाई पुनः अग्रता दिलाएपनि ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्डन वेरेतोउतले गोल गर्दै पुनः खेल बराबरीमा ल्याए ।

७९ औँ मिनेटमा इब्राहिमोविचले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि एसी मिलानले पुनः अग्रता बनाएको थियो । तर ८४ औँ मिनेटमा माराश कुम्बुलाले गोल गरेपछि खेल बराबरीमा सकियो । बराबरीपछि शीर्ष स्थानको एसी मिलानको पाँच खेलबाट १३ अंक भएको छ ।

सम्बन्धित समाचार

विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए

विराटनगर । रंगेली नगरपालिकाले पारदर्शी ढंगले परीक्षा सञ्चालन गरी कर्मचारीहरु छनौट गरेको छ । नगरपालिकाले कार्यलय परिसरभित्रै खुल्ला ठाउँमा पारदर्शी रुपले परीक्षा सञ्चालन गरि करारमा कर्मचारीहरु नियुक्त गरेको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले...

विविद्य कार्यक्रम गरी विराटनगरमा जेसीज सप्ताह मनाइदै

अंकित पोखरेल विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो...

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख-नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तीन महिनायता रिक्त पदमा पूर्वसचिव घिमिरेलाई नियुक्त गरेकाे हाे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्