परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

 न्यूज विराट
परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । 

बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन् ।

‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भने, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता  र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’

मन्त्री ढकालले महामारीविरूद्धको लडाइँँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि बताएका छन् ।

उनले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९ को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिए ।

उनले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको पनि उल्लेख गएका छन् ।

सम्बन्धित समाचार

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल...

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकार

नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो...

भारतलाई बेच्न थालियो कालीगण्डकीको बिजुली

सरकारले १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारतलाई बेच्न थालेकाे छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत‍् गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्