आशातीत सफलता प्राप्त गरिरहेका छौँ : प्रधानमन्त्री ओली

 न्यूज विराट
आशातीत सफलता प्राप्त गरिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, १ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन् ।

सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाउँदै आएको छ ।

उनले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न हामी सक्रिय रहेको जानकारीसमेत दिएका छन् । ‘गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण, उच्च र दीगो उत्पादन  तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छौँ,’ उनले सन्देशमा भनेका छन्, ‘मानव अधिकारको संरक्षण, समावेशी एवं न्यायपूर्ण समाजको निर्माण, सन्तुलित एवं दीगो विकासमा हामीले आशातीत सफलता प्राप्त गरिरहेका छौँ ।’

सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न  अनवरत प्रयास गरिरहेको उनले सन्देशमा उल्लेख गरेका छन् । आर्थिक सामाजिक रूपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सबै प्रकारका साधन स्रोत र अवसरमा पहुँच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक बाच्ने र मानव अधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रूपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताएका छन् ।

‘हामीले गरिबी निवारण नीति, १५औँ योजना, दीगो विकास लक्ष्य, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजना तय गरिसकेका छौँ,’ उनले सन्देशमा भनेका छन्, ‘निरपेक्ष गरिबीको रेखामुनी रहेको १८.७ प्रतिशत जनसङ्ख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशतभन्दा तल सीमित गर्दै आगामी २३ वर्षभित्र शून्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने सङ्कल्प गरेका छौँ ।’

उनले समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै  परिपूर्ण लोकतन्त्रले राजनीतिक अधिकार र स्वतन्त्रता, अधिकार र अवसरमा न्यायोचित पहुँच, सामाजिक न्याय र समानता, सुशासन, भयरहित र सुरक्षित तथा मर्यादित जीवन सुनिश्चित गर्ने बताए ।

विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौँ नेपाली गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको उनको भनाइ रहेको छ । रासस 

सम्बन्धित समाचार

विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण

विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितलाई राहत वितरण गरेका छन् । अग्नी पीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।शनिबार दिउँसो विद्युत सट भएर रंगेली...

अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै...

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।...

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग

नेपाल शिक्षक संघले २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्याको भर्त्सना गरेको छ । संघले तत्काल दोषीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । संघले बुधबार एक...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगर, १ असोर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ — देशभरका परीक्षा केन्द्रमा आइतबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी परीक्षा दिइरहेका छन्। तीमध्ये ३ लाख ९५ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्