सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

 न्यूज विराट
सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले जारी गरेको सूचनाअनुसार अब जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रूपमा भेला भई कुनै पनि कार्य गर्न पाइने छैन् ।

सुनसरी प्रशासनले निषेधज्ञा अवधिभर उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्यसमेतमा रोक लगाएको जनाएको छ । त्यसैगरी मन्दिरमा भजन, कीर्तन तथा अनुष्ठान गर्न नपाइने निर्णय गरेको छ । त्यस्तै, मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजनकीर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।

सुनसरी प्रशासनले यस पटकको तिहारमा देउसी-भैलोसमेत खेल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले कोरोना महामारीका कारण यस्तो निर्णय लिनु परेको बताए । उनले निषेधज्ञा कडाइका साथ कार्यान्वयन गरिने बताए ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...

आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज

 काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...

कांग्रेसको कार्यसम्पादन समितीको बैठक, मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्कीलाई फिर्ता लिन आग्रह

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रले थप केही...

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित...

लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

एजेन्सी, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो । जितका लागि १६६...

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्