आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । देशभर ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन् ।