देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज

 न्यूज विराट
देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज

काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...

सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्