अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

 न्यूज विराट
अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया बस्ने ५५ वर्षीय बमबहादुर साह रहेका छन् ।

तिरहुत गाउँपालिका- २ मैनाकडरी बस्ने ५० वर्षीया दाइमन यादवको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश- २ का प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । १० असोजका दिन दाइमन एक्लै घरमा बसेको अवस्थामा आरोपीहरूले भुईमा लडाएर डोरीले घाँटी कसेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक महिलाकी देवरानी र ओमप्रकाशबीच अनैतिक सम्बन्ध रहेको कुराबारे दाइमनले थाहा पाएपछि उनको हत्याको योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । अजय यादव र मृतकबीच जग्गा विवाद पनि रहेकोले बम बहादुरलाई संलग्न गराई ३ जनाले हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ संक्रमित थपिए, ३६४ डिस्चार्ज

विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश...

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

लुम्बिनी : विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने

अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्