२४ घण्टामा थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ डिस्चार्ज

काठमाडौं, २६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ । १३ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा छन् भने १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ७३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ११ लाख ९१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

हिमालय दर्शन कलेजमा ‘फुट टेस्ट’, विद्यार्थीले अतिथिलाई चखाए परिकार

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...

भारतबाट १० औँ सन्तान जन्माउन मकालु एभरेष्ट हस्पिटलमा, सफल भयो उपचार

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा...

कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले...

आज २५६४ औँ बुद्ध जयन्ती, घरमै दीपावली गरेर मनाउन सरकारको आह्वान

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदै छ । ‘अहिंसा नै शान्ति र...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्