आज २ हजार ७१ संक्रमित थपिए, १५ सय ५२ जना डिस्चार्ज

 न्यूज विराट
आज २ हजार ७१ संक्रमित थपिए, १५ सय ५२ जना डिस्चार्ज

काठमाडौं, २५ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना काठमाडौं उपत्यकाका हुन् ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये देशभर ३१ हजार ३ सय १५ सक्रिय संक्रमित हुन् ।

त्यस्तै, आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । आज २२ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

सम्बन्धित समाचार

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक, भावुक भए अभिभावक

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा मंगलबार ‘रित’ नामक नाटक मन्चन गरेका हुन् । लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि...

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...

रूकुमको घटना कहाली लाग्दो र दर्दनाकः शान्ता चौधरी

काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...

कटहरीका १९ सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो । बेलबारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्