तयारी मदिरा पैठारीको बन्देज हट्यो

 न्यूज विराट
तयारी मदिरा पैठारीको बन्देज हट्यो

काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

२४ चैत २०७६ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाएको थियो । यस्तै ५० हजार डलरभन्दा बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

विदेशी कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त संघ संस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्न पाउने बाटो सरकारले खुलाइदिएकाे हाे ।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेकाले फुकुवा गरिएको ज्ञवालीले बताए । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा विभिन्न व्यक्तिहरूलाई मनोनयन गरेको छ । हरि खड्का, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेशकुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदाना राई र महोम्द सागिर सेदलाई परिषद् सदस्यमा मनोनयन गरिएको हो ।

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्य र नेपाल वायुसेवा निगमको महाप्रबन्धक डीमप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्टप्रसाद रिजाल, सिंहदरबार बैद्यखना विकास समितिको अध्यक्षमा डा. बाबुराजा अमात्य, औषधि परामर्श परिषद् सदस्यमा प्रा डा. संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाल नियुक्त भएका छन् । यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति अध्यक्षमा प्रा डा. देवबहादुर रोका क्षेत्री नियुक्त भएका छन् ।

यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सचिवरा समशरण पुडासैनीलाई नियुक्त गरिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार सशस्त्र प्रहरी बलको विद्यमान जनशक्तिबाट राजस्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना र मातहतका चार कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना खटाउन सक्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारले पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष सञ्चालन दोस्रो संशोधन नियमावली २०७७ र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली सञ्चालन कार्यविधि २०७७ पनि स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...

अब विद्युतिय माध्यामबाटै आयकर बुझाउन सकिने

विराटनगर, साउन १४–वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले अब विद्युतिय माध्यमबाटै आयकर बुझाउन सक्ने भएका छन् । राजश्व विभागले साउन १ गतेदेखि लागुहुने गरि करदातालाई यो सुविधा प्रदान गरेको हो । अब आय...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि, दुईदिनसम्म चल्ने मेलामा ५० स्टल रहने

विराटनगर । ‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि सुरु हुने भएको छ । दुई दिनसम्म संचालन हुने उक्त मेला विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको हो । दुई दिनसम्म संचालन हुने ‘श्रमाधान रोजगार मेला’ बिहीबारसम्म संचालन हुने...

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

५ वर्ष कैद र साढे ९ लाख जरिवाना तोकिएको अभियुक्त पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक जना फरार अभियुक्त पक्राउ गरेको छ । पाँच वर्ष ११ महिना २८ दिन कैद र ९ लाख ४० हजार ५ सय जरिवाना तोकेको फरार अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्