विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङमा २ सय ३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २÷२, धनकुटा र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २÷२, कटहरी र सुनबर्षीमा १÷१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १÷१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३÷३, कमलगाउँपालिकामा २, गौरादह, बा¥हदशी र झापा गाउँपालिकामा १÷१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १÷१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १÷१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।
प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघ्यो
प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।
प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।
प्रदेश १ को मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १÷१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आइतबारसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।