२८ दिनपछि डा. केसीले तोडे अनशन

 न्यूज विराट
२८ दिनपछि डा. केसीले तोडे अनशन

काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा डा. केसी २८ दिनदेखि अनशनमा बसेका थिए ।

अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोडेका हुन् । विकास काेराेना जितेका व्यक्ति पनि हुन् । अनशन तोडेपछि डा. केसीलाई आईसीयूमा लगिएको छ । केही दिन उनको अस्पतालमै उपचार हुने बताइएको छ ।

६ बुँदे माग राखेका केसीको यो १९ औँ अनशन हो । जुम्लाबाट अनशन सुरु गरे पनि स्वास्थ्यमा समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो । बिहीबारदेखि शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले पटक पटक छलफल गरेपछि शनिबार राति सहमति जुटाएको थियो ।

सम्बन्धित समाचार

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

मोरङको खोरियामा प्रेमि-प्रेमिकाको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इश्वरी कृषी फर्मको लिच्ची बगानमामा झुण्डीएको अवस्थमा आज दिउँसो साढे १२ शव भेटिएको हो ।...

साझा प्रस्तावका लागि भोलि १ बजेसम्म नेकपा बैठक लम्ब्याइयो

काठमाडौं, १६ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि १ बजे बस्ने गरी सकिको छ । मंगलबारको बेठकमा पनि अध्यक्षद्वयबाट साझा प्रस्ताव ल्याउनेबारे सहमति जुट्न सकेन । आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

दोब्बर बढ्यो खाने तेलको मूल्य

काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...

उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको...

होम आइसोलसनमा बस्नेहरूका लागि यस्ता छन् मापदण्ड

काठमाडौं, २४ साउन-सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्