नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

 न्यूज विराट
नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

काठमाडौं, २४ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । सक्रिय संक्रमितमध्ये १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा छन् भने १३ हजार ६ सय ५४ संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय २९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स...

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

विराटनगर, साउन १९–विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल...

प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ । प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको...

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

कोरोना अस्पताललाई ६ आइसीयु वेड हस्तान्तरण

विराटनगर, वैशाख ३–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि बुधबार तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्